प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

126

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज बिहीबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकै त्रममा केही दिनअघि १० दिन सिंगापुर बसेका थिए । १८ साउनमा सिंगापुर गएका उनी २७ साउनमा मात्रै स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । १२ वर्ष अघि दुबै मृगौला फेरेका केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी पुनः सिंगापुर गएका हुन् ।

चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here