३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

124

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा भोलिदेखि ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा पुस भोलिदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजनाको लागि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापन रहेको छ। नेपाल भलिबल सङ्घको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो।

सोही अनुसार सुर्खेतमा राष्ट्रिय भलिबल आयोजना गरिएको कर्णाली प्रदेश भलिबल सङ्घका अध्यक्ष कृष्ण श्रेष्ठले जनाए । यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ । खेलाडीको गाँस र बासको व्यवस्थापन प्रदेश भलिबल सङ्घले गर्ने बताइएको छ। खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here