वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले गर्दैन : सञ्चार मन्त्री गोकुल बास्कोटा

280

-सुरज घिमिरे

अर्घाखाँची र सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पुरा गरेकोले पाँच वर्षभित्रमा देशको मुहार फेर्ने जनाउनु भएको छ ।

देशमा राजनितिक क्रान्तीको अध्याय समाप्त भएको जनाउदै देसलाइ समृद्धको जगा बसाल्ने काम सकिएको जनाउदै पाँच बर्ष भित्रमा देशको विकास र समृद्धिले काचुली फेर्ने जनाउनु भयो ।

सरकारले विकास गरेन भनेर भन्ने दुस्प्रचार भैरहेका जनाउदै सरकारले गरेका कामलाइ राम्रो संग नियाल्न आग्रह गर्नु भयो । उँहाले अर्को निर्वाचनमा सरकारले गरेका कामको मुल्याकंन जनतालेनै गर्ने जनाउदै कसैले दुरप्रचार गरेर सरकारलाइ कुनै प्रबाह नहुने जनाउनु भयो । रोपेको धान पाक्न त तीन देखि चार महिना लाग्ने जनाउदै सरकारले गरेका काम झ्याप्पै नदेखिने जनाउनुभयो ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगीताको उद्धाटन गर्दै मन्त्री बास्कोटाले जनताको विश्वासलाइ वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले पनि नगर्ने जनाउनुभयो । उँहाले अर्घाखाँचीमा एक बर्षमा फोर जी सेवा विस्तार गर्ने जनाउदै नेपालकै सबै भन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकामा ल्यान्ड लाइन सेवा विस्तार गर्ने जनाउँदै जनताको विश्वास र जनमतलाइ आधार मानेर सरकाले काम गरिरहको जानकारी दिनुभयो ।

गरिबी रसमाजमा ब्याप्त कुरितीको अन्त्य गर्न सरकार लागि रहेको जनाउँदै आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुको रहेकोमा पत्रकारहरुबाट त्यो हुन नसकेको जनाउनुभयो । विश्वसनीय र पत्रकार आचार संहिता भित्र रहेर कलम चलाउन पनि पत्रकारहरुलाइ आग्रह गर्नु भयो । पत्रकारहरु आचार संहिता भन्दा बाहिर गएकाले यसैलाइ नियन्त्रण गर्न मिडीया विधेयक ल्याइएको जनाउनुभयो । सञ्चार मन्त्रीको गाडीले कपिलबस्तुमा मयुर हानेको भन्ने जस्ता गलत प्रचार नगर्न पत्रकारहरुलाइ आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नजीर मिया, प्रदेस सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, नेकपा जिल्ला सह इन्चार्ज शुसिला श्रीपाली, सचिव ठाकुर कुमार विक, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, पत्रकार महासंघका प्रदेस उपाध्यक्ष भरत केसी लगायतले मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here