अमेजनको डढेलो नियन्त्रण गर्न संयुक्त योजनाबारे ब्राजिल– कोलम्बियाका राष्ट्रपतिबीच छलफल

397

ब्रासिलिया / अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरेका छन् ।

पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीट गर्दै भनेका छन् कोलम्बियाका राष्ट्रपति इभान डुकुसँगको कुराकानीमा हामीले आ–आफ्नो मुलुकको सार्वभौमसत्तालाई पनि सम्मान गर्दै संयुक्त योजना बनाउन जरुरी रहेको बारेमा छलफल भयो ।’

गत साता फ्रान्सको बियारिजमा सम्पन्न सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले अमेजनको डढेलो नियन्त्रण गर्न सदस्य राष्ट्रहरुलाई सहयोग गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here