अवैध लागूऔषध सहित पक्राउ

178

काठमाडौं / मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपल चौतराबाट पर्सा बीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय शेख मेहताब र सोही ठाउँ बस्ने २० वर्षीय आकाश गुप्तालाई अवैध लागूऔषध उइड्रेक्स १४ बोतल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.४३ प ३६२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेहताब र मोटरसाइकल चालक गुप्तालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी -पूर्व, कावासोती नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध फेनारगन २५ एम्पुल, नोफिन २५ एम्पुल र डाइजेपाम २५ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने समिर मगर लगायत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित खटिएको प्रहरीले ग.१ ख ९२८६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिराहा, गोलबजार नगरपालिका-६ दोहोटियाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु करिब ८ ग्राम, नेपाली नगद २० हजार ७ सय ६० रुपैयाँ, भारतीय नगद १ हजार ७ सय रुपैयाँ र मोबाइल १ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय भरत पासवान र २२ वर्षीय बीरेन्द्र यादव रहेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here