काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५र०७६ का लागि प्रति शेयर १० ९१०५० ले हुन आउने रकम ८८,३४,२२,८७० शेयर लाभांश तथा ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७,६४,१४,७५१/- नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीले पाउने छन्।
मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक भएको बैंकले करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व सरकारलाई बुझाएको छ।


















