काठमाडाैं । आफैँलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका धार्मिक गुरु श्रीनिवासाचार्य सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट पक्राउ परेका छन्।
सुनसरी प्रहरी कार्यालयका अनुसार विवादास्पद अभिव्यक्ति दिएका श्रीनिवासाचार्यलाई प्रहरीले बराह क्षेत्रको चक्रघट्टीस्थित आश्रमबाट पक्राउ गरेको हो ।
जनकपुरमा गाई काट्नेको हत्या गरी आउनेको परिवारको संरक्षण र कारागारमा समेत हेरविचार गर्ने अभिव्यक्ति एकसाता दिएका उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
केही विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरी नियन्त्रणमा रहेका श्रीनिवासाचार्यलाई बुधबार धनुषा पठाइनेछ। उनको विवादास्पद अभिब्यक्तिका कारण धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
श्रीनिवासाचार्यले केही वर्ष अघि विराटनगरको जतुवास्थित एक मन्दिरमा आफैँलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका थिए ।
















