पर्यटन मन्त्री योगेश भट्टराईले देउवालाई सुनाए मन्त्रालयको काम योजना

157

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन् ।

शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाको बुढानलीकण्ठ स्थित निवाश पुगेर मन्त्री भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिनपहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताइएको छ ।

मन्त्री भट्टराईले भने, ‘मन्त्रालयका काम र भ्रमण वर्ष-२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ ।’

मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here