डेंगुबाट संक्रमित विरामीहरु कसैको पनि मृत्यु हुँदैन, निःशुल्क उपचार गर्छौं : मन्त्री यादव

148

 काठमाडौं / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने जनाएका छन् ।

राज्यमन्त्री यादवले भने,‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि उपचारको लागि पैसा लाग्दैन । यसबाट कसैको पनि मृत्यु हुँदैन ।’

राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको सुनाए । आफूहरुले यसबाट बच्नको लागि अभियान नै चलाएको पनि उनको भनाई छ । उनले भने,‘यसको लागि हामीले प्रत्येक प्रदेशलाई ८० लाख रुपैयाँ र गाउँपालिकाहरुलाई दश लाख दिएका थियौं ।’

उनले लार्भाहरुबाट डेंगुको संक्रमण हुने गरेको सुनाए । उनले भने,‘यसले टाईडर मस्क्युटो बनाउँछ ।’ डेंगु नियन्त्रणको लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पारे । डेंगुबाट प्रभावितहरुलाई काठमाडौंको टेकु अस्पतालमा ३२ जनालाई निःशुल्क उपचार गरिएको पनि उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here