आजको राशिफल (२०७६ भदौ १७), ज्योतिष विज्ञानमा तपाईंको भाग्य

246

ज्योतिष निराकार न्यौपाने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । शत्रु परास्त हुनेछन् । महत्वपूर्ण काम हात लाग्नेछ । पढाइ लेखामा ध्यान जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा हुन सक्ला । प्रेमीको सहयोग प्राप्त हुने देखिन्छ । आटेको काममा व्यवधान आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा सहजता नमिल्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला । दिन उत्तम छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
माया प्रेममा सामिप्यता बढेर जानेछ । घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।आटेको काम सहज रूपमा सम्पन्न हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
इनाम र प्रतिष्ठा कमाउने समय छ । अधुरो काम बन्ने देखिन्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुनेनयाँ कामको अवसर मिल्नेछ । कामको उचित मूल्याङ्गन हुने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । शुभ समाचार सुन्न पाइएला । साथीभाइमा मनमुटाव हुनसक्नेछ । खर्चको मात्रा बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दिन उत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जन बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । आटेको काम बन्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार मिल्नेछ मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।दिन प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उत्तम हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउने देखिन्छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । दिन अत्युत्तम रहनेछ । सन्तानबाट सहयोग मिल्नेछ । व्यापार व्यवासय बढ्नेछ । प्रियजनसँग भेट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here