एजेन्सी / चीनको प्राथमिक विद्यालय बाहिर भएको आक्रमणा परी आठ बालबालिकाको मृत्यु भएको छ । समर होलिडे सकिएर विद्यालय खुलेको पहिलो दिन भएको आक्रमणमा परी आठ जना बालबालिकाको ज्यान गुमाएका छन् ।
चीनको केन्द्रमा पर्ने हुबेइ प्रान्तस्थित उक्त विद्यालयमा आक्रमण गरेको आरोपमा एकजना ४० वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ती बालबालिकामाथि के आक्रमण भएको भन्ने खुलाएको छैन भने आक्रमणकारीको उद्देश्यका विषय समेत खुलेको छैन । उक्त आक्रमणमा मारिनेमा ६ देखि १३ वर्षको उमेर समूहका रहेको प्रहरीले जनाएको छ ।
केही वर्ष यता चीनमा विद्यालयमा हाइ(प्रोफाइल आक्रमण भएको बीबीसीले जनाएको छ । गत वर्षको अप्रिलमा उत्तर पश्चिम चीनको सान्सी प्रान्तमा माध्यमकि विद्यालय विद्यार्थी घर जाने क्रममा धारिलो हतियार प्रहार गर्दा नौ जनाको विद्यार्थीको मृत्यु भएको थियो । उक्त घटनामा २८ वर्षीय पूर्वविद्यार्थी जाओ जिवीलाई प्रहरीले पक्राउ गरेको थियो ।
गत जनवरीमा दक्षिण चीनस्थित गुआन्सी प्रान्तमा नर्सरीमा चक्कु आक्रमणमा परी चार बालबालिका घाइते भएका थिए ।


















