काठमाडौं- जनपत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक अाेम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेकाे छ ।
सर्वाेच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न अादेश दिएकाे थियाे । तर उनलाई सर्वाेच्च अदालतकाे गेटबाटै पुनः पक्राउ गरेकाे हाे ।
भदाैं ६ गते कास्कीकाे सिसुवाबाट प्रहरीले पत्रकार हमाललाई गिरफ्तार गरेकाे थियाे ।
गिरफ्तारी गैरकानुनी भएकाे भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणकाे रिट दायर गरेकाे थियाे ।
रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधिस केदार प्रसाद चालिसे र डम्मर बहादुर खतिवडाकाे ईजलासले पत्रकार हमालकाे पक्राउ गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न अादेश दिएकाे थियाे । तर पत्रकार हमाललाई प्रहरीले पुनः नियन्त्रणमा लिएकाे छ ।
पत्रकार हमाललाई अदालतको अादेशलाई समेत अवज्ञा गर्दै पुनः गिरफ्तार गरेपछि जनपत्रकार संगठन,नेपालले अापत्ति जनाएकाे छ ।
संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारि गर्दै पत्रकार हमालकाे गिरफ्तारी गैरकानुनी भन्दै निन्दा गरेका छन् ।
जनपक्षीय पत्रकारमाथीकाे पटकपटककाे गिरफ्तारीले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेकाे प्रष्ट भएकाे विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ विचार र अास्थाका अाधारमा पत्रकारलाई पक्राउ गरि झुठा मुद्दा लगाउने र अदालतको अादेशलाई समेत अवज्ञा गर्नुले देशमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने कुराको समेत छर्लङ्ग भएको बताईएको छ ।
संगठनले देशभरका कलमजिवीहरुलाई पत्रकारको गैरन्यायिक गिरफ्तारीको बिरोध गर्न समेत अाग्रह गरेको छ ।



















