नेवि संघको अधिवेशन गर्न नेतृत्व गरिरहेकाहरुमा इच्छाशक्ति छैन : किशोर सिंह राठौर

441

काठमाडौं / नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले भातृसंस्थाको नेतृत्व गरेका व्यक्ति भित्र अधिवेशन गर्ने तागत नभएको जनाएका छन।

राठौरले आफु नेपाल विद्यार्थी संघ अध्यक्ष हुँदा अहिले भन्दा जठिल परिस्थिति हुँदा पनि नेपाल विद्यार्थी संघको अधिवेशन गरेर देखाएको भन्दै उनले इच्छा चाहाना भए अधिवेशन हुने जिकिर गरे।

केन्द्रिय सदस्य राठौरले महिला संघ र नेपाल विद्यार्थी संघको अधिबेशनको सुनिश्चितता नभएको अवस्थामा सभापति देउवाले यी भातृसंस्थाको अधिवेशन गराएको पनि स्मरण गराए।

नेता राठौरले नेपाल विद्यार्थी संघको म्याद सकिनासाथ नेपाल विद्यार्थी संघ आफै भंग हुने भन्दै त्यतातिर जोडेर सभापतिलाई गालि नगर्न पनि आह्वान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here