प्रहरीकै कम्प्युटर ह्याक

262
काठमाडौं- एटीएम ह्याक गरी बैंकबाट पैसा झिक्ने झिक्ने अन्तराष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी भने आफै साइबर हमलाको िसकार भएको छ। नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रतिष्ठानका कम्प्यूटर ह्याक भएको छ ।

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरी अधिकृत क्याडेटका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन्। जुन अत्यन्त गोप्य डकुमेन्ट हुन्। फाइलभित्र राखिएको डकुमेन्ट खोन खोज्दा ह्याकररले फिरोती रकम माग्ने प्रहरी स्रोतले जनाएको छ।

‘एकेडेमीको कम्पूटर ह्याक भएकाे रहेछ। फाइल ओपन गर्न खोज्दा फिरैती रकम माग्छ। यो गतिविधि कहाँबाट कसरी भइरेको छ कुनै भेउ पाउन सकिएको छैन। अनुसन्धान निकै जछिल देखिएको छ।’ स्रोतले भन्यो। नयाँ पत्रिका दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here