ज्योतिष निराकार न्यौपाने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्न समय लाग्नेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कमजोर रहनाले सोचेको काममा उपलब्धि तत्काल नपाइएला । मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । गोपनीयतामा ध्यान पुर्याउनुहोला । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्नेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको नतिजा राम्रो आउने देखिन्छ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएरै प्रतिस्पर्धामा विजयी भइनेछ । दिगो काम प्रारम्भ हुनुका साथै मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ । तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन् । गोपनीयताका लागि अलि चनाखो रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै मिहिनेतले मात्र चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यक्तित्व र बोलीको प्रभाव कमजोर हुने हुँदा धेरैले बेवास्ता गर्न सक्छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ । पछिका लागि जग बसाउने समय छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अनावसेक खर्च बढ्नाले चिन्ता हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । तर केही विवादास्पद काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । सुरुमा आलस्यपूर्वक साँचेको काम गर्ने मौका नआउन सक्छ ।

















