जननिर्वाचित प्रथम मेयर तथा न्यायाधीश जनकमान श्रेष्ठको जीवनी “हराएको इतिहास” लोकार्पण

439

काठमाडौं / प्रजातान्त्रिक नेपालको पहिलो काठमाडौं नगरपालिकाका मेयर तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरुको फैसलाकर्ता न्यायाधीश जनकमान श्रेष्ठको जीवनी “हराएको इतिहास”को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

टेकू स्थित सासा ब्यांकेटमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, वरिष्ठ पत्रकार भैरव रिसाल तथा किताबका सम्पादक बिकिल स्थापितले संयुक्त रुपमा किताबको लोकार्पण गर्नु भएको थियो । कार्यक्रममा जनकमान श्रेष्ठ तथा उनको जीवन संगीनी सीता श्रेष्ठले सभापतित्व ग्रहण गर्नुभएको थियो ।

Chetana Publishers को फोटो।

किताबको विमोचन पश्चात जनकमान श्रेष्ठको बहुआयामिक व्यक्तित्वका विषयमा अतिथिगणहरुबाट आफ्ना धारणाहरु राखेका थिए । वरिष्ठ पत्रिकार भैरव रिसालले जनकमान श्रेष्ठले निडर भई कानून क्षेत्रमा पु¥याउनु भएको योग्दानका बारेमा पुराना घटनाहरु सम्झनु भयो । अर्का अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जनकमान श्रेष्ठले पु¥याउनु भएका योगदानहरु र उहाँले देखाएको मार्गनिर्देशनका लागि धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्नुहुने अनुपराज शर्माले किताबको छोटो समिक्षा राख्नुका साथै यति महत्वपूर्ण घटनाहरु संगालेको किताब ढिलै भएपनि बजारमा ल्याउनु भएकोमा लेखक तथा सम्पादकलाई आभार प्रकट गर्नु भयो ।

Chetana Publishers को फोटो।

जनकमान श्रेष्ठ २०१० सालमा गरिएको काठमाडौं नगरपालिकाका जननिर्वाचित मेयर हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीबाट सक्रिय राजनीतिबाट बिदा भएपश्चात उहाँले न्यायालयमा काम थाल्नु भएको थियो । लामो समय न्यायक्षेत्रमा न्यायाधीशको भूमिकामा काम गर्दा उहाँले नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको नेपाल–भारत सुपुर्दगी मुद्दा अन्तर्गत पञ्जाबका मूख्यमन्त्री प्रकाश सिंह कैंरोको हत्या अभियोगमा नेपालमा समातिएका सुच्चासिंहको मुद्दा फैसला गर्नुभएको थियो । त्यस्तै २०३५ सालमा विश्वेश्वर प्रसाद कोइाराला तथा गणेशमान सिंह श्रेष्ठ माथि लगाईएका विभिन्न मुद्दाहरुको फैसला गर्दै सफाई दिने कार्य पनि उहाँकै कार्यकालमा भएका हुन् । यस्ता अन्य महत्वपूर्ण फैसलाहरु र नेपालको राजनीतिक उथलपुथलका विषयवस्तुहरु यस जीवनीमा उल्लेख छन् ।

Chetana Publishers को फोटो।

हराएको इतिहास २५८ पन्नाको छ । जनकमान श्रेष्ठको जीवनलाई तीन खण्डमा विभाजन गरेर विषयवस्तुहरु पेश गरिएका छन् । लेखक तथा अभियन्ता बिकिल स्थापितले यस किताब सम्पादन गर्नु भएको हो । किताब प्रमुख किताब पसलहरुमा उपलब्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here