काठमाडौं प्रहरी र अपराध महाशाखाको भवन शिलान्यास

152

काठमाडौं / काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको नयाँ भवन मंगलबार बिहान शिलान्यास गरिएको छ ।

प्रहरी  महानिरीक्षक सर्वेन्द्र खनालले  काठमाडौं प्रहरीका लागि भद्रकाली र टेकुमा महाशाखाको अत्याधुनिक भवन निर्माण कार्य शिलान्यास गरेका हुन् ।

भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि राजधानीमै प्रहरीका निकाय पालमुनि बस्न बाध्य भएको भन्दै गुनासो आउने गरेको थियो ।

प्रहरीका दुई निकाय २०७२ सालमा गएको भूकम्पबाट हनुमानढोकास्थित कार्यालय भवनमा क्षति पुगेपछि टेकुस्थित नेसनल  ट्रेडिङको जग्गामा सारिएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here