काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् । पिसावमा इन्फेक्सन देखिएपछि मन्त्री मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी हुन् । नेकपाका अध्यक्ष एवम् उनका ससुरा पूष्पकमल दाहाल प्रचण्डले मन्त्री मगरलाई शनिबार साँझ अस्पताल पुगेर भेटेका छन् ।
प्रचण्ड इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कनासाथ बुहारीलाई भेट्न अस्पताल पुगेका थिए । मन्त्री मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।


















