काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एशिया बैंक र कुमारी बैंकको मूल्य समायोजन गरेको छ । दुवै बैंकले दिएको बोनस शेयरपछि मूल्य समायोजन भएको हो । एनआईसी एशियाको दिएको १० प्रतिशत बोनसपछि नेप्सेले उसको समायोजनपछिको मूल्य ४०७.२७ रुपैयाँ कायम गरेको छ। दोस्रो बजारमा आइतबार कम्पनीको प्रति कित्ता ४०७.२७ रुपैयाँमा दुई प्रतिशतले घटी वा बढी मा कारोबार गर्न सक्ने छन्।
कुमारी बैंकले दिएको १० प्रतिशत बोनसपछि उसको दोस्रो बजारमा प्रतिकित्ता शेयर मूल्य १८४.५५ रुपैयाँ कायम भएको छ। आइतबार समायोजित मूल्यबाट दुवै बैंकको शेयर कारोबार सुरु हुने छ। बोनस शेयर वितरणपछि नेप्सेले उक्त बोनस शेयर बराबरको शेयरको प्रतिकित्ता मूल्य समायोजन गर्ने गरेको छ। नगद लाभांशमा भने नेप्सेले मूल्य समायोजन गर्दैन। एनआईसी एशियाले २१.०५ प्रतिशत लाभांश दिएको थियो जसमा १० प्रतिशत बोनस शेयरको मात्रै मूल्य समायोजन भएको हो।


















