क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने

182

काठमाडौं : लामो समयदेखि विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते हुने भएको छ । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटीका प्रतिनिधिबीचको बैठकले क्यानको निर्वाचन मिति तय गरेको हो ।

बैठकले निर्वाचन सहज रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न पनि आग्रह गरेको छ । यसअघि राखेप सदस्य सचिवको निर्देशनमा असोज ३ र ४ गते निर्वाचन हुने जानकारी गराइएको भए पनि निर्वाचन हुने–नहुने अन्योल थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here