बाबुको गर्धनमा खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छोरा पक्राउ

283

भोजपुर : आफ्नै बाबुको गर्धनमा खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छोरालाइ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका कारण ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी छोरा फरार भएका थिए । प्रहरीले बाबुलाई खुकुरी प्रहार गर्ने छोरालाई अन्ततः पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय शिवहाङ राई रहेका छन् ।

आइतबार राईले घरायसी विवादमा बाबु चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले भैँसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here