नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको परराष्ट्रमन्त्रीको दाबी

154

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी पनि गरे ।

पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ, नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो । त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने बताएका छन ।

नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले जानकारी दिए। नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधि लगायत सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here