जापानसम्बन्धी नियात्रा सङ्ग्रह ‘दाइबुचु’ विमोचन

251

-श्याम क्षेत्री

टोकियो / बेलायतनिवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी नियात्रा सङ्ग्रह ‘दाइबुचु’ टोकियोमा विमोचन गरिएको छ ।

अनेसास जापान च्याप्टरको आयोजनामा शिनओकुबोस्थित नेपाली मुराहलमा गत सोमबार सम्पन्न कार्यक्रममा नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाण्डे प्रमुख आतिथि थिए भने अनेसास केन्द्रीय कार्यसमिति वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ विशेष अथिति, नियात्राकार बजगाईं, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, साहित्यकार श्याम सेढाई, अनेसास पूर्व अध्यक्ष बेलुक़ाज़ी थापा, अनेसास पूर्व अध्यक्ष आलोक चालिसे, अनेसास जापान सल्लाहाकार पुस्करजंग थापा, अनेसास जापान सल्लाहाकार सुस्मा ओमाता, डा. भुपालमान श्रेष्ठ, गायक रामकृष्णबम मल्ल, कुमार सिम्खडा, भगवती उप्रेती, माता रमा खड़का, हरिश इसान, ग्रीष्मा पौडेललगायत अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा। पाँडेले यात्रा र हाइकुको समिश्रणले बनेको ‘दाइबुचु’ जापानी साहित्यको हाइबुन शैलीमा लेखिएको पुस्तक रहेको र दर्जनौँ हाइकु रहेको यो नौलो प्रयोग भएको जनाए ।

विमोचित कृतिका बारेमा बोल्दै अनेसास जापानका पुर्वअध्यक्ष आलोक चालिसेले जापानको साहित्य र संस्कृति बुझाउन पुस्तकले ठुलो सहयोग गर्न सक्ने जनाए । त्यस्तै, बेलुकाजी थापाले ‘दाइबुचु’ पढ्दा जापान घुमेको अनुभूति हुने जानकारी दिँदै पुस्तकको सफलताको लागि शुभकामना दिए ।

त्यस्तै, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जापानका बारेमा आफूले थाहा नपाएका धेरै करा यो पुस्तकले समेट्न सकेकोमा ख़ुशी ब्यक्त गरे । उक्त अवसरमा नवनिर्वाचित एनआरएनए अध्यक्ष भन्डारीलाई पुष्पगुच्छा र खादाले सम्मान गरिएको थियो ।

अनेसास केन्द्रीय कार्यसमिति वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले पुस्तक निकै खोजमूलक रहेको र जापानबारे जान्न बुझ्न चाहनेहरूको लागि पुस्तकले धेरै करा खोलेको जनाउँदै शुभकामना दिए ।

लेखक कृष्ण बजगाईंले ‘दाइबुचु’ अनुसन्धानमूलक नियात्रासङ्ग्रह भएको उल्लेख गर्दै आजबाट पुस्तक सबैलाई सुम्पँदै प्रतिकृयाको आशा राखेको जनाए ।

कार्यक्रममा डा। भूपालमान श्रेष्ठ, केवी पारखी, रामकृष्णबम मल्ल, हेमन्त गिरी, ध्रुव बन्जाडे, गृष्मा पौडेल, भगवती उप्रेती, राजेन्द्र पौडेल, गङ्गा गगन, दीपा घिमिरे, अरुण पौडेल, गिरिजा गैरे, सुस्मा ओमाता, हरिश इशान आदिले आ–आफ्ना रचना वाचन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रम सस्थाका महासचिव अरुण पौडेलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here