काठमाडौं / मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल जनजाति महासंघले ‘असोज ३ कालो दिन, कालो संविधान खारेज गर ‘ भन्ने मूल नाराका साथ विरोध सभा आयोजना गरेका छन् ।
साथै नेपाल आदिवासी जनजाति महासंघ, मधेश सम्वद्ध विभिन्न संघसस्था, महिला, अपाङ्ग लगायतले काठमाडौंको वसन्तपुर स्थित जुद्य सालिक अगाडि विरोध सभाको आयोजना गर्न गइरहेका छन् ।
दिउसो २:३० वजे सुरु हुने उक्त कार्यक्रमका वक्ताहरुले विद्यमान संविधानले उत्पिडीत जाति, वर्ग, लिंग, क्षेत्र, समुदायलगायतलाई लगायतलाई संवोधन नगरेको भन्दैं खारेज गर्ने कार्यक्रमअन्तर्गत यस्तो विरोधसभा आयोजना गरिएको जनाइएको छ ।
















