काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ असोज २७ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दिएको छ। राष्ट्रपति सी को नेपाल भ्रमणको तयारीमा नेपाली र चिनियाँ पक्ष तयारीमा जुटेका छन्। चिनियाँ टोलीले काठमाडौंको भौगोलिक अवस्थाका विषयमा अहिले अध्ययन गरिरहेको श्रोतको दाबी छ।
सुरक्षा संवेदनशीलताका कारण भ्रमणको मिति र तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। राष्ट्रपति सीको भ्रमणका क्रममा बहुचर्चित नेपाल–चीन जोड्ने रेलमार्गबारेमा पहिलो पटक औपचारिक सहमति गर्ने नेपाल सरकारको तयारी छ। दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्ग लगायतका विभिन्न विषयमा सम्झौता हुने जनाइएको छ । २३ वर्षयता चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन्।


















