पौडी खेल्दा ठुबेर दुई जना बालकको मृत्यु

451

काठमाडौं । खाल्डोमा जमेको पानीमा पौडी खेल्दा झापाका भद्रपुरमा दुई जना बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका–४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा ११ वर्षीय छोरा क्रेडिड बुढाथोकी रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरु कमल गाउँपालिका–४ स्थित भुत्लुङखोलामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका थिए। शुक्रवार दिउँसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएका उनीहरु साँझसम्म घर नर्फिएपछि खोजतलास गर्ने क्रममा डुबिरहेको अवस्थामा स्थानीयले मृत फेला पारेका थिए।

घटनाको बारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here