नेपाली विद्यार्थी समाज जापान (नेसाज)को अध्यक्षमा कृष्ण भुषाल सर्वसम्मत चयन

326

काठमाडौं / जापानमा नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्था नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) को एकता अधिवेशनबाट अध्यक्षमा कृष्ण भुषाललाई सर्वसम्मत चयन गरेको छ । आइतबार नागोया स्थित ओका कैकान सभाहलमा सम्पन्न एकता अधिवेशनले भुषालको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहने निर्णय गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी क्षेत्री, उपाध्यक्षमा शंकर भुषाल र बिपिन हुमागाई, क्षेत्रीय उपाध्यक्षमा दामोदर वस्ती, महासचिवमा अजय राना, सचिवमा सुमन केसी, सह-सचिवमा सन्तोष पन्त, कोषाध्यक्षमा विकाश अधिकारि र सह-कोषाध्यक्षमा पवन श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा क्रमश : रीतु थापा, केशव सुबेदी, सागर भण्डारी क्षेत्री, सुनिल ज्ञावली, सुरेन्द्र गिरी, दिनेश महर्जन, रिन्कु कार्की, सुदिप पाण्डे, राजन भट्टराई, दीपक अधिकारी र कृष्ण बखती निर्वाचित भएका छन् । संस्थाको मुख्य संरक्षकमा चेतन पौडेल र संरक्षकमा तेज प्रसाद गुरुङलाई चयन गरेको छ ।

चेतन पौडेलको अध्यक्षतामा सम्पन्न एकता अधिवेशनको प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी थिए । प्रमुख अतिथि पौडेलले नव निर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै (नेसाज) को हरेक कार्यमा एनआरएनए जापानको सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
अधिवेशनमा एनआरएनए एसिया प्यासिफिकका उपसंयोजक गोविन्द श्रेष्ठ, एनआरएनए आइसीसी सदस्य दिलराम खरेल, केशर गिरी, एनआरएनए जापानका उपाध्यक्ष दीपक कार्की, सचिव विष्णु प्रसाद घिमिरे, एनआरएनए जापान नागोयाका अध्यक्ष श्यामशीतल श्रेष्ठ, नेसाजका पूर्व अध्यक्ष सरोज कण्डेल, ऋषभ पौडेल, बिमल अधिकारी र पत्रकार महासंघ जापानका उपाध्यक्ष बिनोद कुमार सापकोटा, कार्यसमिति सदस्य शान्त पहरी लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा परदेशी गायकको उपनामबाट चिनिने लोक गायक सूर्य खड़का, श्याम शीतल, नव पप गायक शालीन लामा र शूशील ज्ञवाली लगायतको बेजोड सांगीतिक प्रस्तुती दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here