अहिलेका नेताहरू राणाशासनका हाकिम र बडाहाकिमजस्तै : प्रचण्ड

244

काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका नेताहरू राणा शासनका हाकिम र बडाहाकिमजस्तै हुने गरेको जनाएका छन् ।

बिहीबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा इन्भेष्टमेन्ट समिटमा प्रचण्डले राणाशाहीविरूद्ध आन्दोलनदेखि अहिलेसम्म नेपाली नेताहरूमा एक किसिमको विचित्र दुविधा र परिघटना देखिएको जनाउँदै आन्दोलनपछिका नेताहरू राणा शासनका हाकिम र बडाहाकिमजस्तै हुने गरेको जनाएका हुन् ।

‘जनता, पार्टी, नेता कार्यकर्ताहरूले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूल्ठूला घोषणा गर्ने तर केही वर्षपछि नेताहरूलाई पूरानो संरचनाहरूले विस्तारै भुत्ते बनाउँदै लैजाने गरेका छन्,’ प्रचण्डले भने, ‘राणा शासनका हाकिम र बडाहाकिम थिए, आन्दोलनपछिका नेताहरू पनि बिस्तारै बडाहाकिमजस्ता हुने गरेका छन्।’

प्रचण्डले पञ्चायतविरोधी आन्दोलनपछि धेरै परिवर्तनको अपेक्षा राखे पनि अवस्था नबदलिएको जनाउँदै जनता र सरकार दुबैको परिवर्तनको चाहना भए पनि कतिपय कुराले राणाशाही जस्तै भएको हुँदा त्यस्तो परिस्थितिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here