नृत्य कलाकार स्वजन रघुवंशीको भारतमा जित

359
काठमाडौं / नृत्य कलाकार स्वजन रघुवंशीले भारतको आगरामा भएको अन्तर्राष्ट्रिय ताज रङ्ग महोत्सवमा शास्त्रीय नृत्यमा बिजयी भएको छ।

नटराञ्जली थे्रेटर आर्टद्धारा आयोजित कार्यक्रम असोज ५ गते देखि ९ गते सम्म भएको प्रतियोगितामा भारत, नेपाल ,बन्ङ्गलादेश र श्रीलंका गरि चार दक्षिण एशियाली राष्ट्रहरुको सहभागिता थियो । विभिन्न लोक नृत्यको प्रस्तुतीसंगै भारतीय शास्त्रीय नृत्य प्रतियोगिता भएको थियो । जसमा कथ्थक ,भरतनाट्यम र ओदिसी नृत्य एकैसाथ प्रतियोगितामा सामेल गराईएको थियो । पाँच दिनसम्म भएको प्रतियोगिताको अन्तिम दिन तीनवटा बिधामा सर्वोकृष्ट नृत्य रघुवंशीले प्रर्दशन गरी बिजय हासिल गरेका थिए । जसमा भारतको विभिन्न क्षेत्र ग्वालियर, कलकत्ता, हरियाणा, दिल्ली आदि ठाँउबाट प्रतियोगीहरुको सहभागिता थियो । प्रतियोगितामा रघुवंशी मात्र नेपालबाट सहभागी थिए ।
पाँच दिन सम्म भएको प्रयोगितामा जुनियर र सिनियर गरी दुईवटा समूह विभाजन गरिएको थियो । रघुवंशीले सिनियर तर्फ प्रथम स्थान हासिल गरेक छन् । प्रमुख अतिथिका रुपमा आगराका बिधायक खदेलबालको हातबाट प्रमाण पत्र, मायाको चिनो र पुरस्कार प्रदान गरिएको थियो ।
             रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here