काठमाडौं भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण अझै भएन

201

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंका लागि भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन। गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो।

दशैंमा मात्र अनुगमन गर्ने परम्पराले गाँजेको महानगरपालिकाले अहिलेसम्म प्रतिफल आउन सक्ने गरी अनुगमन गर्नसकेको छैन।महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले दशैंमा राजधानी भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिँदै भने– ‘गतवर्ष घटस्थापनाको दिनबाट खसीबोका बिक्रीस्थलमा स्वास्थ्य परीक्षण डेक्स राखेर अनुगमन गरेको महानगरले यो वर्ष सुरसारसमेत गर्नसकेको छैन।

तर फूलपातीको अघिल्लो दिनबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ।’महानगर पहिलो चरणमा खसीबोका बिक्रीस्थल अनुगमन गर्ने तथा स्वास्थ्य परीक्षण डेक्स राखेर चौपायाको परीक्षण गरी सिङमा हरियो र रातो रंग लगाउने तयारीमा रहेको आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here