‘सी चिनफिङको भ्रमणको मुख्य एजेन्डा रेलमार्ग’ : परराष्ट्रमन्त्री ज्ञवाली

249

काठमाडौं / संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको मिति छिट्टै तय हुने जनाएका छन्।

छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग–रसुवा काठमाडौं रेलमार्ग हुने जनाए । भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको उनको धारणा छ।

ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देशबीच हुने छलफलको मुख्य एजेन्डामा केरुङ्ग–रसुवा–काठमाडौँ रेलमार्ग हुने जनाए । यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने जनाए ।

उनले न्यूयोर्कमा भएको सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक सकारात्मक भएको जनाए । सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक बोलाएको थियो । बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कस्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए।

नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने भनी आफूले महासभामा स्पष्ट पारेको उनले जानकारी दिए। पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार खोजबिन आयोग गठन गर्न ढिलाई गरेको भन्दै मानव अधिकारमा काम गरिरहेका संयुक्त राष्ट्रसंघका विभिन्न संस्थाले चासो ब्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here