आज आठौं दिन महाअष्टमी, शक्तिपीठहरुमा दुर्गा भवानीको पूजा गरिँदै

463

काठमाडौं / आज बडादशैंको आठौं दिन महाअष्टमी। देवी दुर्गा भगवती सहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरेर महाअष्टमी मनाइन्छ।

आजका दिन देवी भगवतीको पूजा गरी बलि चढाउने गर्छन्। शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने गरिन्छ। पशुबलि नदिनेले भने नरिवल, कुभिण्डो लगायतका फलफूल चढाउने गर्छन्। घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ। आजकै दिन घरघरमा रहेका हतियार र कलपूर्जाहरु निकालेर पूजा गर्ने परम्परा समेत रहेको छ।

नक्साल भगवती, दक्षिणकाली, शोभा भगवती, मैतीदेवि, रक्तकाली, बज्रयोगिनी, भद्रकाली लगायतका शक्तिपीठहरुमा बिहानैदेखि बलि चढाउन पुग्नेहरुको भीड लागेको छ। उपत्यका बाहिरका भगवती मन्दिरहरुमा समेत बलि दिने गरिन्छ। आजै राति हनुमानढोकामा ५४ वटा राँगा र बोकाको बलि दिएर कालरात्री पूजा गर्ने परम्परा रहेको छ।

नवरात्र अन्तर्गत आज महा दुर्गाको आठौं रुप महागौरीको पूजा गर्ने गरिन्छ। परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजाले पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने विश्वास रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here