काठमाडौं / कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा एशियातर्फको छनोट अन्र्तगत आज एकै दिन १६ खेल
हुँदैछ ।
आज नेपालले अष्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । आज ३२ टोलीबीच हुने प्रतिष्पर्धाले एशियाली छनोटको दोस्रो चरण पार गर्ने सम्भावित टोलीको स्थिति पनि आँकलन गर्न सजिलो हुनसक्छ ।
समूह ए : सिरिया विरुद्ध मालदिभ्स, चीनविरुद्ध गुआम
समूह बी : अष्ट्रेलिया विरुद्ध नेपाल, जोर्डन विरुद्ध कुवेत
समूह सी : इरान विरुद्ध कम्बोडिया, इराक विरुद्ध हङकङ
समूह डी : साउदी अरेबिया विरुद्ध सिंगापुर, उज्बेकस्तान विरुद्ध यमन
समूह ई : ओमान विरुद्ध अफगानिस्तान, बंगलादेश विरुद्ध कतार
समूह एफ : जापान विरुद्ध मंगोलिया, किर्गिजस्तान विरुद्ध म्यानमार
समूह जी : युएई विरुद्ध इन्डोनेशिया, भियतनाम विरुद्ध मलेशिया
समूह एच : लेबनन विरुद्ध तुर्केमिनिस्तान, दक्षिण कोरिया विरुद्ध श्रीलंका


















