काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका लागि भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेका छन् । राष्ट्रपति सी जिनपिङ भारतीय स्थानीय समय अनुसार दिउसो साढे एक बजे नेपाल तर्फ प्रस्त्थान गरेका छन् । चेन्नईबाट काठमाडौंको यात्रा करिब ३ घण्टाको हुनेछ । बीचमा कुनै अबरोध नआए चिनियाँ राष्ट्रपति सी जिनपिङ अपराह्न चार पैचालिसमा त्रिभुवन अन्तर राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन।
राष्ट्रपति सी जिनपिङको स्वागतको लागि काठमाडौंका चोक चोक झिलिमिली गराएको छ भने सुरक्षा ब्यस्था कडा बनाएको छ । विमानस्थलबाट ओर्लेपछि शनिबार साढे ६ बजे चिनियाँ राष्ट्रपति सी चीनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर साँझ साढे ७ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन ।
आइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सीबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै बिहान साढे १० बजे प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ।द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुनेछ । भने अपरान्ह साढे १२ बजे दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ । शनिबार दिउँसो साढे २ बजे देखि बजेदेखि साढे ५ बजे सम्म र आइतबार दिउँसो ११ बजेदेखि ४ सम्म विमानस्थल बन्द हुनेछ।

















