तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको गुणादीमा बस र बोलेरो परस्पर ठक्कर खाँदा बोलेरो चालकको ज्यान गएको छ ।बोलेरो चालक नवलपरासी सरावल गाउँपालिका-१ बस्ने वर्ष २२ का रमेश थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस म्यादे- १ गुणादीमा एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
गम्भीर घाइते रहेका चालक थारु उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

















