नेपाल–चीन बीच दर्जन भन्दा बढीमा सम्झौता

87

काठमाडौं / नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भएको थियो ।

दुई देशबीच विभिन्न परियोजनासहित १७ बुँदे सम्झौता भएको छ । क्रस बोर्डर कनेक्टिभीटीको लागि सम्भाव्यता अध्ययन गर्ने पनि सहमति भएको छ ।

प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here