साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई अमर युवा साहित्य सम्मानद्वारा सम्मानित

527

काठमाडौं / इनास अवार्ड-२०७६ सम्पन्न भएको छ। नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार  सुरेन्द्र महर्जन “अमर” लाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ ।

नेपाली गीत, संगीत, साहित्य र चित्रकारीताका सदाबहार गायिका मिरा राणा तथा इनासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदमा आसिन व्यक्तिहरूबाट सामूहिक रूपमा साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई इनास अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो ।

राजधानीको प्रज्ञा प्रतिस्थानमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार श्री निर शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अग्रज संगीतकार श्री रणजित गजमेरलाई उक्त इनास अवार्ड-२०७६ कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड-२०७६ बाट सम्मानित गरिएको थियो ।

रोमान्टिक नायक यसराज गराच, ग्लामरस नायिका प्रियंका कार्की को समूहको नृत्य तथा यम बराल, नलिना चित्रकार आदिको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । ७० देशहरूमा आफ्नो शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्ड कार्यक्रम तथा सम्मान कार्यक्रम आउने दिनहरूमा अझै सफलताका साथ सम्पन्न गर्दै जाने संस्थापक अध्यक्ष पुष्प बरुवालले जानकारी गराएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here