जापानमा आँधीमा परि मर्नेको संख्या ६०, घाइते संख्या २०० नाघ्याे

84

एजेन्सी / जापानमा गत शनिबार र आईतवार आएको आँधीमा परि मर्नेको संख्यासँगै घाइतेहरुको संख्या समेत बढ्दै गएको छ ।

सोमबार राती अबेरसम्ममा मृतकको संख्या ६० पुग्दा घाइते हुनेहरुको संख्या २०० नाघेको छ ।

फुकुसिमा केनमा मृतक संख्या क्रमिक रुपमा बड्दै जान थालेपछि आँधीका कारण मर्नेहरुको संख्या उकालो लागेको हो ।

जानकारी अनुसार फुकुसिमा केनमा मात्रै अहिले सम्म १६ जनाको मृत्‍यु भएको छ । मियाजाकी केनमा १०, खनागावा केनमा ५, तोचिकी र गुम्बा केनमा ४र४ जनाको मृत्‍यु भएको सम्बन्धीत अधिकारीहरुले पुष्टि गरेका छन ।

एनएचके टेलिभिजनले आफ्नो वेब साइडमा उल्लेख गरेको समाचार अनुसार बेपत्ताहरुको संख्या १५ रहेको छ । अहिले सम्मको विवरण अनुशार साइतामा, सिजुओखा र इवातेकेनमा २र२ जना र नगानो, इवाराकी, चिवाकेनमा १र१ जनाको मृत्यु भएको छ ।

आँधीका कारण घाइते भएका २०४ जनाको बिभिन्न अस्पतालमा उपचार भईरहेको क्योदो समाचार संस्थाले उल्लेख गरेको छ ।

बेपत्ताहरुको खोजी कार्य पनि जारी रहेको समाचारमा उल्लेख छ । उद्दार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्न सक्ने अधीकारीहरुले बताएका छन् । प्रभाबित क्षेत्रमा भईरहेको बर्षाका कारण उद्दार कार्यले गति लिन सकिरहेको छैन ।

यस बर्षको १९ औं आँधीको रुपमा आएको ताईफुले मध्य जापानको राजधानी टोकियो सहित ११ वटा प्रिफेक्चरलाई नराम्ररी प्रभावित बनाएको छ ।

अहिलेसम्म जापानमा रहेका नेपालीहरु रहेको व्यापार, व्यवसाय, अध्ययन र दैनिकीमा असर पारेपनि मानवीय क्षतीको कुनैपनी विवरण प्राप्त नभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here