विजयको स्वर, दिपकराजको संगीतमा ‘ओके छ त’ सार्वजनिक ( भिडियो )

82
काठमाडौं  । अमेरिकामा ‘ड्याडी एण्ड डटर्स’ रुपमा परिचित  गायक विजय शंखर र उनकी छोरीको प्रस्तुतिमा रहेको  नयाँ म्युजिक भिडियो ‘ओके  छ त’  सार्वजनिक भएको छ।

प्रेमिल शैलीमा आधारित यस गीतमा गायिका सुदिता राई र गायक विजय शंखरको स्वर सुन्न सकिन्छ।  गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्।  दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन्।

भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा सुधिर श्रेष्ठ र सुनिशा बजगाईं फिचर्ड छन्।  मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here