चीन-भारत सीमा विवाद टुंग्याउन सैन्य बैठक बस्दै

144

बेइजिङ । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ। सीमा सम्बन्धमा दुई पक्षबीच बुधबार १४औं चरणको सैन्य बैठक बस्ने भएको हो। सो बैठक चीनको मोल्दोमा बस्ने चीनको विदेश मन्त्रालयले जनाएको छ।

सो बैठक बुधबार साँझ बस्ने बताइएको छ। दुवै देशको विवादित सीमा सम्बन्धमा सो बैठकमा छलफल गरिने ग्लोबल टाइम्समा खबर छ। यसअघि सीमा सम्बन्धमा दुई देशका वरिष्ठ सैन्य अधिकारीस्तरीय बैठक तीन महिनाअघि बसेको थियो।

सो समयमा बसेको बैठक एक अर्कालाई दोषारोपण गर्दै सकिएको थियो। सो समयमा भारतले अनावश्यक र बेतुकको माग राखेको चीनले आरोप लगाएको थियो भने सीमाको मुद्दामा भारतले चीनले हिरो बन्न खोजेको आरोप लगाएको थियो। अघिल्लो चरणको बैठक असफल भएपनि १४औं चरणको बैठकले विवादित सीमाबारे समाधान निकाल्ने अपेक्षा चिनियाँ पक्षले राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here