काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका ९ सय ५३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको संख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै १ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म ७ लाख ५९ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ७९ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।


















