कोरोना संक्रमित थप पाँच मृत्युसहित मृतक संख्या ३२२ पुग्यो

50

काठमाडौं -नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ।

५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here