दाङकाे तुलसीपुरमा घर नक्सा पासमा भद्रगोल

138

दाङ –  तुलसीपुर उपमहानगरपालिका दाङले घरनक्सा पासमा व्यापक अनियमितता र भद्रगोल पद्धति अपनाएको समाचार प्राप्त  भएको छ ।

यस कार्यमा यस उपमहानगरका  नक्सापास फाँटका दुई इन्जिनियर श्रीनारायण चौधरी र अखिल पोखेरल संलग्न रहेको पाइएको छ ।  इन्जिनियर श्री नारायण चौधरीले नक्सापासको मापदण्ड कहिले कस्तो र कहिले कस्तो भनी अलमल गरी काम नगर्ने गरेको पाइएको छ  भने अर्का इन्जियर अखिल पोखरेलले नक्सा पासको मापदण्ड हेर्न खोज्दा उक्त सामग्री प्रकाशनपछि मात्र हेर्न पाइने भन्दै अलमल गरी अनियमितता गरेको समाचार प्राप्त छ ।

पीडित डा. माधव सापकोटाका अनुसार तुल्सीपुर-८, दुधेनामा निर्मित आफ्नो घरको पश्चिम तर्पmको भागमा करिब पाँच मिटर छाडेको र दक्षिणतर्पmको १०४ मिटरमा टुंगिएको सडकमा समेत १ मिटर ४० सेन्टिमिटर पिल्लरदेखि छाड्दा समेत ती दुई इन्जिनियरहरुले नक्सापास कार्यमा अलमल गरेको समाचार प्राप्त छ ।

डा. सापकोटाकै घरनजिक वालकुमारी शर्मा सापकोटोको नटुंगिएको सडकमा पिल्लरदेखि करिब एक मिटर मात्र छाडे तापनि घर नक्सापास भएको तर डा.सापकोटाको कार्यमा महिनौदेखि झुलाएको पीडित डा. सापकोटाको गुनासो छ ।

यस्तो अनियमितता प्रशस्त हुन सक्ने र यसको खोजी गरी यी अनियमितताहरुलाई सार्वजनिक गर्नुपर्ने डा. सापकोटाको धारणा   छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here