विवेकशील दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

301

काठमाडौं / विवेकशील नेपाली दलको अध्यक्ष पदमा मिलन पाण्डे निर्वाचित भएका छन्।  अध्यक्षका प्रत्यासी शिव थापालाई हराउँदै पाण्डे अध्यक्ष निर्वाचित भएका हुन्। विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरू राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।

हालसम्म अध्यक्ष, महासचिव र नीति सचिव निर्वाचित भएको दलले जनाएको छ। महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएको अध्यक्ष पाण्डेले सेतोपाटीलाई जानकारी दिए।

पाण्डेका अनुसार निर्वाचनमा नो भोटको व्यवस्था पनि मिलाइएको थियो। विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो। सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू आउँछन्। प्रदेश निर्वाचन पछि हुने उनले भने । जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here