सिभिल बैंकको शाखा काठमाडौंको काँडाघारीमा

75

काठमाडौं / सिभिल बैंकले काठमाडौंको काँडाघारी पेप्सीकोलामा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्त रुपमा गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको शाखाले थप उर्जा प्रदान गर्ने जनाए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि जनाए ।

सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको जनाए । उक्त क्षेत्रका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गरे ।

सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजारको चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here