मस्जिदमा बम विस्फोटमा परी ६२ को मृत्यु

224

एजेन्सी / अफगानिस्तान पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ।
शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए।

बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको भने छैन।
मस्जिदमा ३५० भन्दा बढी उपासकहरू प्रार्थना गरिरहेको एक प्रत्यक्षदर्शीले अलजजिरालाई जनाएको छ । उद्दार टोली खटिसकेको र मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशमा नागरिकको मृत्युको संख्या गर्मीमा अभूतपूर्व तहमा पुगको बताएको थियो।

राष्ट्रसंघका अनुसार यस वर्ष जुलाई र सेप्टेम्बरको बीचमा एक हजार एक सय ७४ जनाले ज्यान गुमाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here