प्रचण्डलाई बाबुरामको प्रश्न : तपाईँ डुप्लीकेट माओवादी हो ?

276

काठमाडौँ- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई तपाईँको अवतार कसरी चिन्ने भन्दै प्रश्न गरेका छन् ।

‘पुष्पलाल ओरिजिनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन’ भन्दै उनले ट्विट गर्दै लेखेका छन् ‘तपाईँको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ?’

‘आफूलाई चैँ म मदन भण्डारी पनि भन्न भ्याउनुभएछ’ भट्टराईले लेखेका छन् ‘पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?’

डा. भट्टराईले ‘मेरा परम मित्र प्रचण्डलाई केही प्रश्न’ भन्दै ट्वीटरमा लेखेका छन्, ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो ? यो तालले त कुनै दिन तपाईंले आफूलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला । किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here