सप्तरी / भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ।
सप्तरीको राजविराज नगरपालिका–२ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले जनाए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ निजकै घरबाट झालाई नियन्त्रणमा लिएको हो।
भ्रष्टाचार मुद्दामा झालाई विसं २०६६ जेठ १६ गते एक वर्ष छ महिना कैद सजायको फैसला भएको र उनी फरारको सूचीमा रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रसाईंले जनाए ।

















