जुवाखालबाट दुई करोड ६७ लाखसहित २५ जना पक्राउ (नामसहित)

209

काठमाडौं / काठमाडौंको महाराजगन्जस्थित एक जुवाखालबाट दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना पक्राउ परेका छन् ।

शनिबार राति जुवाखालमा प्रहरीले छापा मार्दा साम्बाला होटेल पछाडिको जुवाखालबाट व्यापारी श्रवण गोयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने जुवाडेहरुमा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल रहेका छन्।

त्यसैगरी पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पक्राउ परेका छन्।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले शनिवार काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको जनाए ।उनले भने,’दुई करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत जुवाखालबाट बरामद भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here