याे विधि अपनाएमा छैठौं इन्द्रिय जागृत हुन्छ

201

एजेन्सी  / छैठौं इन्द्रियका बारेमा प्रायः जसो सुनेकै शब्द होला सायद रु  हुन त हाम्रो शरीरमा पाँच इन्द्रिय हुन्छन् । जसमा आँखा, नाक, जिभ्रो, कान र छाला ।  तर यीबाहेक अर्को एउटा इन्द्रिय पनि रहेको हुन्छ । त्यो देखिन्न, जसलाई अनुभव मात्र गर्न सकिन्छ । यसलाई छैठौं इन्द्रिय भनिन्छ ।

 कतिपय अवसरमा घटनाको आभास पहिले नै भएको अनुभव भएको होला । यो हाम्रो छैठौं इन्द्रियको कमाल हो ।

वैज्ञानिकहरूका अनुसार, छैठौं इन्द्रिय हरेक मनुष्यमा हुन्छ र यो मानसिक चेतनासँग जोडिएको प्रक्रिया हो । यसैको माध्यमले व्यक्तिले भविष्यमा हुने घटनाको पूर्वाभास पाउँछ । यस्तो पूर्वाभासको संकेत सपनामा आउन सक्छ ।

हाम्रो शिरको तल्लो भागमा एउटा कोमल छिद्र हुन्छ । त्यहाँबाट सुषुम्ना नाडी मेरुदण्ड हुँदै मूलाधारसम्म पुग्छ । उक्त सुषुम्ना नाडी सात चक्र र छैठौं इन्द्रियको केन्द्र मानिएको छ ।  साधारणतया यो इन्द्रिय शिथिल अवस्थामा रहन्छ तर यसलाई अनेक तरिकाले जागृत गर्न सकिन्छ । यसलाई नियन्त्रण गर्न सक्ने मानिसले भविष्यमा हुने घटनाको पूर्वाभास पाउँछ ।

छैठौं इन्द्रियको सहायताले हामी अर्काको मनमा भएको कुरा पनि पत्ता लगाउन सकिन्छ र धेरै टाढा बसेको मानिसको बोली पनि सुन्न सक्छौं । कुनै व्यक्तिको छैठौं  इन्द्रिय पूरै सकृय भएको खण्डमा उसले संसारको सबै कुरा थाहा पाउँछ र उसमा अनन्त क्षमताको विकास हुन्छ ।

यसका लागि  दैनिक प्राणायाम, ध्यान, त्राटक क्रिया, योगनिद्रा लगायतका  अभ्यास गर्नु पर्ने हुन्छ ।  अभ्यास पश्चात छैठौं इन्द्रिय जागृत हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here